११औं मिलन मोड़ गोल्ड कपः नवांकुर संघको जीत

IMG-20241225-WA0225

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा नवांकुर संघले सजिलै जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा बुधवार भएको म्याचमा नवांकुर संघले कञ्चनजंघा फूटबल क्लब (केएफसी) विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। म्याचको चारैवटा गोल पहिलो हाफको खेलमा भयो। विजेता टीमबाट वांगदेन तामाङले २२औं र ३३औं मिनटमा २ गरे। अन्य एउटा गोल इभानले १५औं मिनटमा गरे। यसरी केएफसीबाट अमन गुरुङले ३९औं मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड इभानले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। बिहीवार कुनै म्याच छैन। शुक्रवार खेलिने म्याचमा दार्जीलिङ पुलिस र क्याप्टन न्यौपाने फूटबल एकाडमीबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement