रक्षा सचिव राजेश कुमार सिंहले गरे सुशासन दिवसमा राष्ट्रपर्व वेबसाइट र मोबाइल एपको शुभारम्भ

Pic31DEW4

नयाँ दिल्ली: रक्षा सचिव राजेश कुमार सिंहले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जन्मजयन्तीको अवसरमा २५ दिसम्बर २०२४ मा सुशासन दिवसका अवसरमा राष्ट्रपर्व वेबसाइट र यसको मोबाइल एपको शुभारम्भ गरे। यो वेबसाइटले गणतन्त्र दिवस, बीटिङ रिट्रीट समारोह, स्वतन्त्रता दिवसजस्ता राष्ट्रिय कार्यक्रमहरूको आयोजना सम्बन्धी जानकारी, प्रत्यक्ष प्रसारण, टिकट खरिद, बस्ने व्यवस्थापन र कार्यक्रमको रूट-म्याप आदिको जानकारी उपलब्ध गराउनेछ।

यस अवसरमा बोल्दै रक्षा सचिवले भने, ‘रक्षा मन्त्रालयले विकास गरेको राष्ट्रपर्व वेबसाइट र मोबाइल एपमा झाँकी प्रस्ताव र कार्यक्रमसँग सम्बन्धित ऐतिहासिक डाटाको व्यवस्थापनको पनि व्यवस्था छ। यसमा राज्य/केन्द्र शासित प्रदेश, मन्त्रालय र विभागलाई गणतन्त्र दिवस समारोहको लागि आफ्ना झाँकीहरू डिजाइन गर्न र अन्तिम रूप दिन सजिलो बनाउन झाँकी व्यवस्थापन पोर्टल पनि हुनेछ।‘ रक्षा मन्त्रालयले परामर्शद्वारा यो वेबसाइट र मोबाइल एप बनाएको हो। राज्यहरूले झाँकी डिजाइनका डाटाहरू व्यवस्थापन गर्न पोर्टलको सुझाव दिएका थिए। यसैगरी, गणतन्त्र दिवस समारोह हेर्ने दर्शकहरूले फिडब्याकमा कार्यक्रम, परेड, झाँकी आदि सम्बन्धी जानकारी उपलब्ध गराउन सुझाव दिएका थिए। यी सबैलाई समेटेर राष्ट्रपर्व वेबसाइट विकसित गरिएको हो।वेबसाइटलाई https://rashtraparv.mod.gov.in मा हेर्न सकिन्छ र मोबाइल एपलाई सरकारी एप स्टोर (एम-सेवा) बाट डाउनलोड गर्न सकिन्छ। यो पहल खुलापन, पारदर्शिता र नागरिक केन्द्रित शासनतर्फ एक महत्वपूर्ण कदम हो र सुशासन दिवसमा दिवंगत अटल बिहारी वाजपेयीलाई साँचो श्रद्धाञ्जली होl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement