सिलगढी: आज विश्वभरका साथ सिलगढीमा पनि क्रिसमस पर्व मनाइँदैछ। आज बिदाको दिन भएकाले यो पर्व मनाउनसँगै मानिसहरु घुम्न पनि निस्किए। सिलगढीबाट नजिकै रहेको सिलगढी बंगाल सफारी पार्कमा मानिसको ठूलो भीड देखियो। क्रिसमसको बिदा मनाउन मानिसहरु परिवारसहित बंगाल सफारी पार्क पुगे। यससँगै आज उत्तर बंगालका विभिन्न स्थानबाट ठूलो संख्यामा पर्यटक यहाँ आइपुगे। आज बिदाको दिन भएकाले वन्यजन्तु हेर्न परिवार र बालबालिकासहित निकुञ्जमा आएको र निकुञ्जमा घुमफिर गर्दै हात्ती सफारीको मजा लिएर समय बिताएको स्थानीयहरूले बताए।











