काठमाण्डू: रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ।
पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन्।