एसएसबीद्वारा च्याउ खेती प्रशिक्षण समापन

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा गत एक महीना अघि खोक्ला बस्तीमा स्थानीय २० जना महिला सदस्यहरुलाई निःशुल्क च्याउ खेती प्रशिक्षण शिविर शुरु गरेको थियो। बुधबार उक्त च्याउ खेती प्रशिक्षण शिविरको समापन गर्दै प्रशिक्षणार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो। उक्त अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको एसिस्टेन्ट कमान्डेन्ट हर्षित रत्नाको बाहुलीबाट प्रमाणपत्र वितरण गरियो। उक्त अवसरमा एसएसबीद्वारा ‘छोरी पढ़ाऔँ छोरी बचाऔँ’ सम्बन्धमा पनि गाउँलेहरुलाई सचेत गराएको थियो भने मानव संसाधन विकास कार्यक्रमअन्तर्गत एसएसबी द्वारा यो निःशुल्क च्याउ खेती प्रशिक्षण शिविर सम्पन्न गरेको ताकि स्वनिर्भर बनेर रोजगार गर्न गाउँले महिलाहरु सक्षम बनोस भन्ने ध्येय रहेको एसएसबी स्रोतले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement