सिलगढी: सिलगढीका क्रिकेटप्रेमीहरूका लागि चार वर्षपछि फेरि बबलातला क्रिकेट प्रतियोगिता आयोजना गरी आजदेखि सिलगढी कलेजको मैदानमा शुरु भएको छ। ३१औँ बबलातला क्रिकेट एकाडेमी प्रतियोगिता ८ टोलीबीच शुरु भएको छ। प्रतियोगिताको उद्घाटनमा मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, कलेजका प्रिन्सिपल सुजितकुमार घोष, असिम अधिकारी र उप्पल बन्दोपाध्यायको उपस्थिति थियो। सिलगढी कलेज मैदानमा अकादमीका सदस्यहरू पनि उपस्थित थिए। सिलगढी मैदानका पूर्व खेलाडीहरूको प्रयासमा शुरु भएको यस प्रतियोगिताको पहिलो दिन सिलगढी पायनियर एसोसिएसन र मालदा पी चौधरी क्रिकेट कोचिङ सेन्टरबीच उद्घाटन खेल खेलिएको थियो। माल्दाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। प्रतियोगिताका मेयर तथा मुख्य प्रायोजक गौतम देवले सिलगढीमा ४ वर्षपछि बबलातला क्रिकेट भव्य रुपमा शुरु भएको बताए।










