लोकप्रिय ब्याडमिन्टन खेलाडी पी भी सिन्धुले प्रवेश गरिन् वैवाहिक संसारमा

00-1-P-V-Sindhu

हैदरावाद: प्रख्यात स्टार महिला ब्याडमिन्टन खेलाडी पी भी सिन्धु वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले आइतबार २२ दिसम्बररमा व्यापारी वेंकट साई दत्तसँग विवाह गरिन्। दुवैले उदयपुरको उदयसागर तालमा बनेको पाँचतारे होटल राफेल्समा सात फेरा लिएर विवाहिक संसारमा प्रवेश  गरेl मंगलबार विवाहको रिसेप्शनपछि सिन्धु आफैले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्वीर सेयर गरेकी छिन्। सिन्धुका पति वेंकट पोसाइडेक्स टेक्नोलोजीका कार्यकारी निर्देशक हुन्। विवाहमा पी भी सिन्धुले क्रिम रंगको साडी लगाएकी थिइन्। वेंकट दत्त साईले मिल्दो क्रिम रंगको शेरवानी लगाएका थिए। समाचारअनुसार, भारतका महान क्रिकेटर सचिन तेन्दुलकर, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र डेपुटी मुख्यमन्त्री पवन कल्याणसहित सिनेमा जगतका साथिया धेरै राजनीतिक क्षेत्रका व्यक्तिहरू हैदराबादमा आयोजित सिन्धुको विवाहको रिसेप्शनमा सहभागी भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement