सिलगढी: पछिल्लो समय सिक्किमलाई सफा र सुन्दर बनाउन त्यहाँको फोहोर ल्याएर सिलगढीमा फाल्ने गरेको देखिएको छ। यस विषयमा सिलगढीका बासिन्दाले पटकपटक विरोध गरेका छन्। यस मामिलामा पुलिसले धेरै पटक चेतावनी पनि दिएको छ, तर यसपछि पनि सिक्किमको फोहोर सिलगढीका विभिन्न ठाउँमा फाल्ने गरेको देखिएको छ। केही दिनअघि सिलगढीका मेयर गौतम देवले पनि यस विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘सिक्किम स्वच्छ, बंगाल फोहोर, यो कस्तो रणनीति हो?’ सिक्किमको फोहोर सिलगढीमा फाल्ने विषयमा उनले मुख्यमन्त्रीसँग कुरा गर्ने बताएका थिए। यसैबीच, आज फेरि सिक्किमबाट फोहोरले भरिएको ट्रक सिलगढी प्रवेश गरेको छ। यसपछि पुलिसले तीन वटा फोहोर ट्र्याक नियन्त्रणमा लिएको छ। साथै यस घटनामा पाँच जनालाई पनि पक्राउ गरिएको छ। भक्तिनगर पुलिस चौकीले कारबाही गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ।










