कालेबुङ: कालेबुङका पूर्व फूटबलर हेम अधिकारीको बुधवार सिलगढ़ीमा निधन भयो। उनी ८० सालका थिए। एसयूएमआई स्कूलबाट आफ्नो फूटबलर करियरको शुरुवात गर्ने हेम अधिकारीले पछिबाट उत्तर बंगालका विभिन्न टुर्नामेण्टको साथमा नेपालमा पनि आफ्नो खेल कौशल देखाएका थिए। पहिला जिल्ला स्तरीय टुर्नामेण्टहरूमा आफ्नो छाप छोड़ेपछि उनले आईएफए शील्डसहित विभिन्न प्रतिष्ठित टुर्नामेण्टहरूमा मीडफिल्डरको भूमिकामा खेल्दै सबैको मन जितेका थिए। उनले दार्जीलिङ पुलिस र नेपाल इलेवेनको साथमा सिलगढ़ीमा पनि भीएनसी र डीएसयू जस्ता क्लबको प्रतिनिधित्व गरेका थिए। पुलिसको सेवाबाट अवकाश ग्रहण गरेपछि उनले युवाहरूलाई फूटबल खेल प्रति आकर्षित गर्न निरन्तर कार्य गरेका थिए। भाई तथा पूर्व फूटबलर शिशिर अधिकारीले बताएअनुसार, उनको दाह संस्कार बुधवार सिलगढ़ीमै गरिनेछ। पूर्व फूटबलर हेम अधिकारीको खबरले खेल जगतमा शोकको लहर छाएको छ। मोहन बगान क्लबको चयन समिति तथा अण्डर-१९ स्तरका चयनकर्ता श्याम लामाले पनि हेम अधिकारीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।










