आउँदो २ वटा टेस्टमा कोहली र स्मिथ खतरनाक साबित हुने शास्त्रीको दावी

IMG-20241225-WA0150

मेलबर्न: भारतका पूर्व अलराउण्डर तथा मुख्य प्रशिक्षक रहने रवि शास्त्रीको भनाइअनुसार, दिग्गज विराट कोहली र स्टीव स्मिथले अहिलेसम्म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न नसके पनि बोर्डर गावस्कर ट्रफीको रहल २ वटा टेस्ट म्याचमा यी दुईजना दिग्गज खतरनाक र रन बनाउन आतुर हुनेछन्। कोहली र स्मिथ प्रसिद्ध फ्याब फोर-को हिस्सा हुन्, जसमा जो रुट र केन विलियम्सन पनि सामेल छन्। कोहली र स्मिथ दुवैले गत केही समयदेखि ब्याटको साथ संघर्ष गरिरहेका छन्। यी दुईजनाले ५ वटा टेस्ट म्याचको जारी सीरीजमा १-१ वटा शतक चाहिँ बनाएका छन्। शास्त्रीले भने, मेरो विचारममा वर्तमान फर्मको आधारमा उनीहरू (कोहली र स्मिथ) ऱ्याङकिंगमा तल झरेका छन्। यसको विपरीत रुटले लगातार रन बनाइरहेका छन् अनि विलियम्सनले पनि असाधारण ब्याटिंग गरिरहेका छन्। ह्यारी ब्रूक गत केही समयदेखि असाधारण फर्ममा छन् अनि केही युवा खेलाड़ीहरूले पनि प्रभावित गरेका छन्। सर्वश्रेष्ठ फर्ममा नरहे पनि कोहली र स्मिथ विश्व स्तरीय खेलाड़ी हुन्। यसैकारण अहिलेको स्थितिमा यी दुईजना खतरनाक हुनेछन् कारण दुवै रन बनाउन आतुर छन्। उल्लेखनीय छ, जारी सीरीजको पहिलो ३ वटा टेस्टमा स्मिथको स्कोर ०, १७, २, १०१ र ४ रह्यो। यसरी कोहलीले ३१.५०-को औसतले १२६ रन बनाएका छन्, जसमा पर्थ टेस्टमा बनाएको अविजित १००० रन पनि सामेल छ।
स्मिथले ब्रिसबेन टेस्टमा करियरको ३३औं शतकको साथ फर्म हासिल गरे। शास्त्रीको भनाइअनुसार, यी दुवै खेलाड़ी आफ्नो मजबूत मानसिकताको साथ खेलमा फर्किन सक्षम छन्। यसको साथमा उनले भारतीय खेलाड़ीहरूले एमसीजी-मा हुने चौथो टेस्ट म्याचमा धैर्य र अनुशासन देखाउने आवश्यकता रहेको बताए। उनले भने, टेस्टमा कसरी खेल्नु पर्छ भन्ने स्मिथले देखाएका छन्। शुरुवातमा संघर्ष गर्नु पर्ने स्थिति हुनसक्छ तर उनी रक्षात्मक र अनुशासित ब्याटिंगको निम्ति तयार थिए। म विराटको क्षेत्रमा पनि त्यही सोच्छु। विराटले अनुशासित तरिकाले ३०-४० मिनट पार गर्न सके उनलाई रन बनाउन असुविधा हुनेछ जस्तो मलाई लाग्दैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement