दार्जीलिङमा‌ गोजमुमो केन्द्रीय समितिको सभा सम्पन्न

IMG-20241224-WA0241

दार्जीलिङ‌: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिको सभा दार्जिलिङको सिंहमारी फाटकस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। संस्थापक अध्यक्ष विमल गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सभालाई दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेवर युनियन अध्यक्ष सुरज सुब्बाले सञ्चालन गरेका थिए। आजको सभामा विशेष गरी दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ, गोरूबथान लगायत तराई डुवर्सका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरू विशेष रुपमा उपस्थित थिए। उक्त सभा अवधि संगठन मात्र नभएर गोर्खाहरूको भविष्य, वर्तमान दार्जीलिङ पहाडको राजनैतिक परिवेश अनि आउँदो रणनीतिबारे चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभाको अन्त्यमा ईसाई धर्मावलम्बीहरूको मुख्य चाढ क्रिसमसलगायत आउने नयाँ वर्ष २०२५ को शुभकामना दिन्दै आफ्नो सम्बोधनमा अध्यक्ष विमल गुरुङले अबको नयाँ वर्षसँगै संगठनलाई नयाँ उत्साह, नयाँ उमङ्गसँग छुट्टै तरिकाले पारदर्शिता राखेर काम गर्दै पहाडको चारवटै थुम्का दार्जीलिङ, खरसाङ, मिरिक अनि कालेबुङ लगायत गोरूबथान, तराई अनि डुवर्सबाट संगठनको निम्ति योग्य सचिव पदको लागि उम्मेदवार दिने प्रस्ताव राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement