राज्यपाललले राज्यवासीलाई क्रिसमसको बधाई एवं शुभकामना दिए

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले क्रिसमसको पावन अवसरमा सिक्किमवासीलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘प्रभु यीशु मसीहले संसारलाई प्रेम, दया, करुणा र क्षमाको दिव्य सन्देश दिएका छन्, जसले हाम्रो समाजलाई एकताबद्ध हुन र समृद्ध बनाउन प्रेरित गर्दछ।
सिक्किम, जसलाई आफ्नो सांस्कृतिक विविधताको निम्ति चिनिन्छ, सदैव विभिन्न धर्म र समुदायबीच सौहार्द र भाइचाराको प्रतीक मानिएको छ।’राज्यपालले प्रशु यीशु मसीहले दिएका उपदेशहरूलाई आफ्नो जीवनमा अपनाउॅंदै खॉंचोमा रहेका मानिसहरूलाई मद्दत गर्न आह्वान गरेका छन्। उनले भनेका छन्, ‘हामी सबै सिक्किमवासी एकताबद्ध भएर समाजमा शान्ति, प्रेम र एकताको सन्देश प्रचार गरौं र एक असल समाजको निमाण गरौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement