घरबाट नगदसहित सूनका गहनाहरू गायब

IMG-20240717-WA0003

गान्तोक: सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत सिरवानीमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात समूहले घरबाट नगदसहित गर-गहनाहरू चोरी गरेका छन्।
पुलिस रिपोर्ट अनुसार, घटना गत आइतवार सिरवानीमा घटेको हो।
पीडित व्यक्ति सॉंझ आफ्नो भाईको साक्योङस्थित घर गएका थिए। भोलिपल्ट बिहान उनी घर फर्केर आउॅंदा दैलो तोडिएको देखे। घरभित्र पसेर हेर्दा ५० हजार नगदसहित सूनका गर-गहनाहरू चोरी भएको पाए।पुलिसले अज्ञात समूह विरुद्ध घटना दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement