आईईआईएपीका लागि दोस्रो जिल्ला स्तरीय समितिको बैठक सम्पन्न

n64478583717350623033738000008446bfd94c58c61458ccbff558f10fc8bd55875ced29003b16eea8cb25

मंगन: सिक्किम इन्स्पायर्स पहल अन्तर्गत एकीकृत आर्थिक समावेशी कार्य योजना (आईईआईएपी) को लागि दोस्रो जिल्ला स्तरीय समितिको बैठक आज मंगन जिल्लापाल कार्यालयमा आयोजित भयो।
बैठकमा जिल्लापाल एवं चेयरम्यान, एडीसी (विकास) एवं सदस्य सचिव/जिल्ला नोडल अधिकारी डा. सोनम आर. लेप्चा, वरिष्ठ एओ डीटी भोटिया आदि उपस्थित थिए।
एडीसी (विकास) डा लेप्चाको स्वागत भाषणबाट सुरु भएको सत्रमा आईआईआईएपी फ्रेमवर्क, उद्देश्यहरू र विकास चरणहरूबारे प्रस्तुतीकरण गरियो। बैठकमा जिल्ला योजना टोली (डीपीटी) गठन र अन्तिम फोकस समूह छलफल क्यालेन्डर विषय पनि चर्चा गरियो।
जिल्लापाल जैनले राम्रो पहुँचको लागि एफजीडी स्थानहरू समायोजन गर्न सुझाउ दिए र आजीविका सिर्जना गर्न योजनाको उपयोगको महत्त्वमा जोड दिए। डीपीटी टोली प्रमुखले एफजीडी पछिका प्रक्रियाहरूबारे बोल्दै सहभागीहरूलाई प्रत्येक एफजीडी क्लस्टरबाट प्रतिक्रिया बुझाउन प्रोत्साहित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement