गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा तथा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेको विशेष पहलमा राज्यका गरिबी रेखामुनिका रोगीहरूको गल व्लाडर स्टोनको निशुल्कः शल्यक्रिया गर्ने क्रम निरन्तर चलिरहेको छ। यसै क्रममा हिजो २२ जना गलब्लाडर स्टोन र १० जना किड्नी स्टोन रोगीहरूलाई सिलगढीमा निःशुल्क शल्यक्रियाको निम्ति लगिएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा बिरामीहरूको शीघ्र उपचारका लागि राज्य बाहिर निशुल्क शल्यक्रिया शिविरको आयोजना गरिँदै आएको छ भने यस पहलले धेरै बिरामीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। शल्यक्रियापछि बिरामीहरूलाई औषधिको समेत निशुल्कः व्यवस्था प्रकोष्ठले मिलाउँदै आएको छ। प्रकोष्ठका प्रमुख संयोजक मनोज लामा लगाय़त प्रकोष्ठको टोलीले बिमारीहरूको उपचार कार्यमा निरन्तर सहयोग पु्र्याउँदै आइरहेको बताएका छन्। पत्रकारहरूसित कुरा गर्दै प्रकोष्ठका मुख्य संयोजक मनोज लामाले तामाङको स्वास्थ्यको क्षेत्रमा गरीब जनताको निम्ति यो अतुलनीय सेवा रहेको बताउँदै निरन्तर रूपमा बिमारीहरूको शल्यक्रिया गराउँदै आईरहेको र अहिलेसम्म लगभग १२ सय भन्दा अधिक बिमारीहरूको निशुल्क गलब्लडर स्टोनको शल्यक्रिया भईसकेको जानकारी गराए। बिमारीहरूको अवस्थालाई ध्यानमा राख्दै मुख्यमन्त्री तामाङको मार्गनिर्देशनमा अब उसो सिलगढीको नर्थ बंगाल मेडिकललाई गरीब जनकल्याण प्रकोष्ठसित समायोजन गराएर किडनी स्टोनको पनि निशुल्क उपचार गराइने प्रबन्ध गरिएको संयोजक लामाले जानकारी गराएका छन्। राज्यको एसटीएनएम अस्पताल र मणिपाल अस्पतालमा पनि निरन्तर यस्ता बिमारीहरूको उपचार भईरहेको जनाउँदै बिमारीहरूको अधिक संख्याका कारण राज्य बाहिरका अस्पतालहरूमा पनि उपचार गराउने कार्य भईरहेको संयोजक लामाले बताएका छन्। गरीब जनकल्याण प्रकोष्ठले हरेक ग्रामीण क्षेत्रका तृणमुल स्तरमा प्रकोष्ठका कार्यकर्ताहरूद्वारा यस्ता रोगीहरूको पत्तो गरेर अस्पताल ल्याउने कार्य हुने गरेको पनि लामाले जानकारी गराएका छन्। अब उसो न्युटिया, किन्स र नर्थ बंगाल मेडिकल गरी यी तीनवटा अस्पतालहरूमा यस्ता रोगीहरूको उपचार एवं शल्यक्रिया लगातार हुने पनि संयोजक लामाले जानकारी गराएका छन्।