गान्तोक: दी फेडरेशन अफ् कन्जूमर्स एसोसिएशन अफ् सिक्किम (एफसीएएस) र माझीटार स्पोर्टिङ क्लबको संयुक्त तत्वावधानमा आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत माझीटारमा राष्ट्रिय उपभोक्ता दिवस २०२४ पालन गरियो। यस अवसरमा फेडरेशन र क्लबका सदस्यहरूले स्थानीयवासीहरूमा विभिन्न सन्देशमुलक लिफलेट, पामप्लेट आदि वितरण गरेर जनचेतना जगाउने काम गरे। यसको साथै स्थानीय दोकान अनि व्यवसायिक प्रतिष्ठानहरूमा पोस्टरिङ पनि गरियो। कार्यक्रममा मुख्य प्रवक्ताको रुपमा उपस्थित एफसीएएस-का उपाध्यक्ष सिर्जना खड़्काले कन्जूमर प्रोटेक्शन एक्ट २०१९ बारे जानकारी गराइन् भने एटीटीसी बरदाङका प्राध्यापक निर्णय प्रधान, सिटिजन्स अर्बन कोपरेटिभ ब्याङ्क लिमिटेडका रम्फू शाखा प्रवन्धक निश्चल रोकाले उपभोक्ताहरूले आफ्नो अधिकार कसरी सुनिश्चित गर्नु भन्ने बारेमा जानकारी दिए। कार्यक्रमअवधि माझिटार स्पोर्टिङ क्लबका उपाध्यक्ष विश्व गुरुङ र सेञ्चुरी कम्प्लेक्सका संस्थापकलाई उपभोक्ता अधिकारबारे जनचेतना जगाउन दिएको योगदानको कदर गर्दै अभिनन्दन पनि जनाइयो। कार्यक्रममा डुगाका खण्ड विकास अधिकारी मुख्य अतिथि रहेका थिए।