नयाँ दिल्ली: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – ले मंगलवार हाईब्रिड मोडलमा खेलिने च्याम्पियन्स ट्रफी २०२५-को आधिकारिक शेड्यूल जारी गऱ्यो। यस प्रतिष्ठित टुर्नामेण्टको शुरुवात १९ फरवरीको दिन कराचीमा पाकिस्तान र न्यूजील्याण्डबीच म्याचको साथ हुनेछ अनि फाइनल ९ मार्चमा खेलिनेछ। पाकिस्तानको साथमा संयुक्त अरब अमीरात (यूएई) यस टुर्नामेण्टको सह-आयोजक हुनेछ। भारतले टुर्नामेण्टमा आफ्नो सबै म्याच दुबईमा खेल्नेछ जबकि रहल सबै म्याच पाकिस्तानमा हुनेछ। टुर्नामेण्टमा भारतको पहिलो म्याच २० फरवरीमा बंग्लादेशविरुद्ध रहेको छ। टुर्नामेण्टमा जम्मा १५ वटा म्याच खेलिनेछ। टुर्नामेण्टको निम्ति ८ वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा भारत, पाकिस्तान, न्यूजील्याण्ड र बंग्लादेश रहेको छ। यसरी ग्रुप बी-मा दक्षिण अफ्रिका, अष्ट्रेलिया, अफगानिस्तान र ईंग्ल्याण्ड रहेको छ। भारत र पाकिस्तानबीच बहुप्रतीक्षित म्याच २३ फरवरीमा रहेको छ। यसबाहेक भारत र न्यूजील्याण्डबीच म्याच २ मार्चमा खेलिनेछ। पाकिस्तानमा म्याचहरू रावलपिण्डी, लाहौर र कराचीमा हुनेछ। लाहौरले ५ मार्चमा दोस्रो सेमिफाइनल म्याचको पनि आयोजन गर्नेछ। यसरी पहिलो सेमिफाइनल म्याच ४ मार्चमा दुबईमा हुनेछ। फाइनल म्याच ९ मार्चको दिन लाहौरमा हुनेछ तर भारतले फाइनलमा स्थान बनाएर त्यो म्याच पनि दुबईमै हुनेछ। टुर्नामेण्टमा दुवै सेमिफाइनल र फाइनलको निम्ति रिजर्व डे राखिएको छ। यसअघि आईसीसीले बिहीवार भारत र पाकिस्तानबीच खेलिने सबै म्याच तटस्थ स्थलमा खेलिने घोषणा गरेको थियो। यसरी अब दुवै टीम कुनै पनि आईसीसी टुर्नामेण्टमा एकार्काको देशमा जानेछैन। यो नियम २०२७-सम्म लागू रहनेछ।