चोट र सर्जरीले गर्दा बेन स्टोक्स कम्तीमा ३ महिना मैदान बाहिर रहने तय

IMG-20241224-WA0283

लण्डन: ईंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्सले आफ्नो देब्रे ह्यामस्ट्रिंगको सर्जरी गराउनु पर्नेछ अनि यसले उनी कम्तीमा ३ महिनासम्म क्रिकेटको सबै प्रारूपबाट बाहिर रहनेछन्। रिपोर्ट अनुसार, ३३ वर्षीय स्टोक्सलाई यस महिनाको शुरुवातमा न्यूजील्याण्डविरुद्ध तेस्रो टेस्ट म्याचको तेस्रो दिन बलिंग गर्दा चोट लागेको थियो। उनी यस साल दोस्रोपल्ट ह्यामस्ट्रिंगको चोटको शिकार बनेका छन्। यसअघि द हण्ड्रेड-मा खेल्दा उनलाई चोट लागेको थियो। ईंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)-ले एउटा बयानमा जानकारी दिएअनुसार, डरहमका यस अलराउण्डरले जनवरीमा ह्यामस्ट्रिंगको सर्जरी गराउनेछन्। त्यसपछि रिह्याब प्रक्रियाले गर्दा उनी कम्तीमा ३ महिना क्रिकेटदेखि बाहिर रहनेछन्। यसबीच स्टोक्सले एक्स-मा पोस्ट गरेका छन्, मसँग अहिले पनि धेरै कुरा बाँचेको छ। आफ्नो टीम र यस शर्टको निम्ति मैले धेरै खून, पसिना र आँशु बहाउनु छ। यसैकारण मैले आफ्नो शरीरमा फीनिक्सको ट्याटू गरेको छु। उल्लेखनीय छ, चोटले गगर्दा स्टोक्सले भारत यात्रामा खेलिने टी२० र वनडे सीरीजको साथमा फरवरी-मार्चमा हुने च्याम्पियन्स ट्रफीमा हिस्सा लिन सक्नेछैनन्। यसको साथमा उनले जनवरीमा दक्षिण अफ्रिकाको फ्रेञ्चाइजी टी२० लीग एसएटी२०-मा एमआई केप टाउनबाट खेल्नु थियो तर उनी अब टुर्नामेण्टबाट बाहिर हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement