जलाएर पत्नीको हत्या गर्ने पतिलाई आजीवन कारावासको सजाय

Chhetriya-Samachar

मालदा: मालदा जिल्ला अदालतले जलाएर पत्नीको ज्यान लिएको घटनामा पतिलाई दोषी ठहर गरेको छ। न्यायाधीशले आरोपी पति राजीवन रजकलाई दश हजार रुपियाँको जरीमानासहित आजीवन कारावासको सजाय सुनाएको छ।
पीड़ित परिवार १२ वर्षपछि छोरीले न्याय पाएकोमा हर्षित छन्।
सरकारी वकिल प्रशान्त कुण्डुले भने घटना २७ दिसम्बर, २०१२-को हो। मृतकका पिता मन्टु रजकले कालियाचक थानामा छोरीलाई जलाएर हत्या गरेको घटना दर्ता गरेका थिए। उनकी छोरी रानु रजकलाई उसको पति र परिवारका सदस्यहरूले रुपियाँको लागि शारीरिक एवं मानसिक रूपमा प्रताड़ित गर्ने गर्दथे। यस्तो अत्याचारलाई सहन गर्न नसकेर छोरी माइत आएकी थिइन्। २३ दिसम्बर, २०१२मा ससुराली पक्षले छोरीलाई फेरि घरमा लिएर गयो।
त्यसपछि २६ दिसम्बरको राती छिमेकीहरूले फोनमा बताए, उनीहरूको छोरी आगोमा जलेकी छे। दोस्रो दिन उनीहरू मालदा मेडिकलमा छोरीलाई भेट्न जाँदा थाहा लाग्यो कि उनीहरूकी छोरीलाई ससुरालीले ढोका बन्द गरेर केरोसिन छर्की आगो लगाइदिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement