सिलगढ़ीका सड़कमा बंगलादेश विरोधी पोस्टर

Screenshot_20241224_220826_Facebook

सिलगढ़ी: बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचार र दमनका विरोधमा पश्चिम बंगालको सिलगढ़ीमा ‘बंगलादेशी जिहादी सरकार’ लेखिएको पोस्टर दसड़क भरि छरिएको देख्न सकिन्छ। सिलगढ़ीको फुलबाड़ी एक नम्बर ग्राम पंचायत अन्तर्गत अम्बिका नगरबाट भालोबाषा मोड़सम्म बंगलादेश विरोधी पनि स्वर सुन्न पाइन्छ।
मंगलवार सड़कहरूमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनूसविरूद्ध पोस्टर देखिएको छ। जसमा बंगलादेश सरकारलाई जिहादी सरकार लेखिएको छ। हाल पोस्टर कसले टाँसेको हो, अहिलेसम्म खुल्न सकिरहेको छैन।
उल्लेखनीय छ, बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचार र दमनका विरोधमा मानिसहरूले मोहम्मद युनूसलाई अशान्तिको दूत भन्न थालेका छन्। तिनीमाथि कट्टरपन्थीहरूलाई साथ दिएको आरोप लागिरहेको छ। उनलाई दिइएको शान्तिको लागि नोबल पुरस्करलाई फिर्ता लिन समेत माग गरिरहेका छन्।
बितेको केही दिनअघि बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचार र मन्दिरहरूमा भएको तोड़फोड़को घटना पछि सिलगढ़ीका मानिसहरूमा आक्रोश व्याप छ। यस अघि शहरका शिक्षण संस्थाहरू बाहिर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनूसविरूद्ध पोस्टरहरू टाँसिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement