अलिपुरद्वारमा क्रिसमसको तयारी सुरु

IMG-20241224-WA0254

अलिपुरद्वार: भोली बुधवार ईसाई धर्मालम्बीहरुको पर्व क्रिसमसको तयारी भइरहेको छ। जिल्लाको फालाकाटा ब्लकस्थित टासटी चिया बगान मिशन लाइनमा क्रिसमसको तयारी द्रूत गतिमा भइरहेको छ।
हरेक वर्ष टासटीचिया बगान मिशन लाइनको चर्चमा कार्यक्रम आयोजना गरिन्दै आएको छ, जसमा स्थानीय मानिसहरू सहित टाड़ा-़टाड़ाका मानिसहरू पनि सहभागी हुने गर्दछन्। मुख्य पर्व २५ दिसम्बरमा भए पनि उत्सव सप्ताहब्यापी मनाइन्छ। सो कार्यक्रम आयोजनको तयारी मंगलवार बिहानदेखिकै शुरू भएको छ। चर्चलाई सजाउने कार्य भइरहेको छ।
स्थानीय मानिसहरु भन्छन यस चर्चमा प्रत्येक वर्ष ईसा मसिहको जन्मदिन मनाइ्न्छ। यसका अतिरिक्त चर्चलाई बिद्युतीय सजावटको उपकरणहरूले श्रृगारने काम भइरहेको छ भने अर्कोतिर क्रिसमसको अवसरमा जिल्लाका विभिन्न चर्चहरूमा पनि तयारी भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement