गुवाहाटी(असम): गुवाहाटीको वशिष्ठ पुलिसको टीमले अनियन्त्रित लागु औषध गाँजा तस्करीको घटनामा एकजना तस्करलाई पक्राउ गरेको छ। पुलिसले मंगलवार सो घटनाको जानकारी गराउदै भने वशिष्ठ पीएसको एक ईजीपीडी टीमले गुप्त सूचनाको आधारमा कारबाही गर्दा कोइनाराधोराका ५९ बर्षीय अन्त दासलाई गाँजाको ओसार पसार र बिक्री गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ।
अभियुक्तको घरको खानतलासी लिँदा ३ हजार ४ सय ९० किलोग्राम गाँजा, दुईवटा मोबाइल फोन नगद दुई हजार ४सय ५० बरामद गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी घटनाको जाँच गरिरहेको छ।