सार्वजनिक पुस्तकालय दिवस समारोह सम्पन्न

गोरुबथान: जन शिक्षा प्रसार एवम् पुस्तकालय सेवा विभाग अनि एलएल ए कालेबुङको संयुक्त आयोजनामा गोरुबथानको पुरानो विद्यालय युद्धवीर उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा दिवसीय सभापति प्रेम कुमार मुखियाको सभापतित्वमा सार्वजनिक पुस्तकालय दिवस समारोह पालन गरियो।यस पावन अवसरमा मुख्य अतिथीको रुपमा रतन थापा सभासद ४३ नम्बर समष्टि,विशिष्ठ अतिथिमा हर्कमान छेत्री सभासद ४४ नम्बर समष्टि,लाक्पा नाम्गे भूटिया सभासद ४५ नम्बर समष्टि संजय बराइली प्रधान अध्यापक युद्धवीर उच्चतर माध्यमिक विद्यालय रहेका थिए।

मुख्य अतिथी,सभापति तथा विशिष्ट अतिथिको बाहुलीबाट द्वीप प्रज्वलन गरेर शुरु गरिएको कार्यक्रममा स्वागत भाषण विशाल परियारले राखेका थिए।रेश्मा नृत्य एकाडेमीका छात्राहरुबाट सरस्वती बन्दनामा स्वागत नृत्य प्रस्तुत गरिन्। पुस्तकालय दिवस बारे याङ ल्हामु शेर्पाले गहकिलो वक्तव्य पेश गरिन्।यस कार्यक्रममा गोरुबथान खण्डका गणमान्य व्यक्तिहरुलाई सम्मान जनाइयो। सम्मानित हुने व्यक्तित्वहरुमा क्रमैले जय क्याक्टस, टी बी छेत्री, सितम मोक्तान, गुमानसिंह राई, गोपाल योन्जन, गोविन्द परियार, समीर राई शान्ति, विलियम फिपन लाई मुख्य अतिथि विशिष्ट अतिथी गोरुबथान क्षेत्रिय पुस्तकालयका पदाधिकारीगणको बाहुलीबाट दोसल्ला ओढाएर शिरमा टोपी पहिराई, सम्मान पत्र प्रदान गरेर सम्वर्द्धना जनाइयो। यसै अवसरमा कालेबुङ जिल्लाका विभिन्न पुस्तकालयबाट अवकास प्राप्त कर्मचारीहरुलाई पनि सम्मान स्वरुप दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरियो।

यस अवसरमा कविता वाचन,नृत्य तथा गीतहरु पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्तमा गोरुबथान क्षेत्रिय पुस्तकालयध्यक्ष रमेश छेत्रीले धन्यबाद ज्ञापन गरे। सम्पुर्ण कार्यक्रम सन्चालन योगेश वाछाना राईले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement