महिला तथा बाल विकास मन्त्रालयले २६ दिसम्बर २०२४ मा वीर बाल दिवस मनाउने, प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार वितरण गरिने

00-1-Bal-Diwas

नयाँ दिल्ली: महिला तथा बाल विकास मन्त्रालयले २६ दिसम्बर २०२४ मा वीर बाल दिवस मनाउने तयारी गरेको छ। यस अवसरमा प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरिनेछ। भारत सरकारले बालबालिकाको असाधारण उपलब्धिहरूको कदर गर्न कला र संस्कृति, बहादुरी, नवप्रवर्तन, विज्ञान तथा प्रविधि, सामाजिक सेवा, खेलकुद र वातावरण गरी सात विभिन्न श्रेणीमा प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार (पीएमआरबीपी) प्रदान गर्दै आएको छ। यसपटक १४ राज्य तथा केन्द्रशासित प्रदेशका १७ बालबालिकालाई यो पुरस्कारका लागि चयन गरिएको छ। पुरस्कार विजेताहरूमा ७ जना केटा र १० जना केटी छन्। राष्ट्रपति द्रौपदी मुर्मुले २६ दिसम्बर २०२४ मा यी बालबालिकालाई पदक, प्रमाणपत्र, र प्रशस्तिपत्र पुस्तिका सहित सम्मान गर्नेछिन्।

वीर बाल दिवसको राष्ट्रिय कार्यक्रम २६ दिसम्बर २०२४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना गरिनेछ। यो दिवस विशेषगरी युवा मस्तिष्कलाई प्रेरित गर्न, उनीहरूको रचनात्मकता बढाउन, र विकसित भारतको भविष्य निर्माणमा योगदान दिन केन्द्रित हुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन्। उनले सुपोषित पञ्चायत योजनाको शुभारम्भ गर्नुका साथै मार्च पास्टलाई हरियो झण्डा देखाएर शुभारम्भ गर्नेछन्। केन्द्रीय महिला तथा बाल विकास मन्त्री श्रीमती अन्नपूर्णा देवीले उद्घाटन भाषण दिने कार्यक्रम छ। यस विशेष अवसरमा प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार विजेता तथा अन्य विशिष्ट व्यक्तिहरूसहित करिब ३,५०० बालबालिकाहरू सहभागी हुनेछन्। बालबालिकाहरूले भारतीय संस्कृतिको विविधता झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। साथै, बालबालिकाले विविध संस्कृतिहरूको प्रतिनिधित्व गर्ने मार्च पास्टमा भाग लिनेछन्। यसका अतिरिक्त, देशभरका विद्यालयहरू, बाल हेरचाह संस्थाहरू, र आँगनवाडी केन्द्रहरूमा माई गभ/माई भारत पोर्टल मार्फत अनलाइन गतिविधिहरूसहित कथा वाचन, रचनात्मक लेखन, पोस्टर निर्माण, निबन्ध लेखन, कविता लेखन, र प्रश्नोत्तरीजस्ता कार्यक्रमहरू पनि आयोजित गरिने छन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement