चिमनी देवरालीको अप्पर चैतेपनीमा स्थानीयहरुबर भागोप्रमो प्रतिनिधिहरुमाझ सभा सम्पन्न

IMG-20241224-WA0236

खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देवताली ग्राम पञ्चायत अन्तर्गत अप्पर चैतेपनीमा स्थानीय गाउँवासी र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ चिमनी देवराली समष्टिको प्रतिनिधिहरुसित सभा सम्पन्न भएको छ। उक्त सभामा गाउँहरुले मेन रोडदेखि गाउँ पस्ने रोड बन्नुपर्छ अनि यो क्षेत्र पर्यटनको दृष्टिले धेरै राम्राे भए पनि यो गाउँका मानिसहरु विकासदेखि धेरै पछि परेको गुनासो गरेका छन्। उक्त क्षेत्रका युवाहरूले यसको मुख्य कारण अनेकताले गर्दा हो र अबो उसो आफ्नो गाउँ घरको विकासकाे निम्ति सम्पुएूर्ण गाउँ एक भएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमाथि आस्था राख्दै अबो उसो गाउँमा भाहोप्रमो पार्टीकाे बलियो संगठन गठन गर्ने निर्णय लिएको बताइएको छ। सभामा अनि खरसाङ चिमनी देवराली समष्टिका नारी शक्ति सभापति सुष्मा मुखिया, भागोप्रमो समष्टिकाे सांगठनिक सचिव प्रेम बम्जन, समष्टिको उपाध्यक्ष अविजित लामा, अम्बिका संगठनिक छेत्री अनि खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष दिनेश तामाङ उपस्थित रहेका थिए।

उपस्थित प्रतिनिधिहरुले भागोप्रमो पार्टीका तर्फबाट गाउँलेहरुको समस्यालाई समाधान गरिदिने आश्वासन दिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement