खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको अप्पर चैते पानीमा राती रुपमनि शर्माकाे घरमा आगो लागेर माथिल्लो कोठाहरु जलेर स्वाहा भएको जानकारी प्राप्त भएको छ। घटनाको जानकारी पाउने बित्तिकै २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पा र उनकाे टोली घटनास्थलमा पुगेर निरीक्षण भ्रमण गरेका छन्। उक्त टोलीमा सभासद श्याम शेर्पा, चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ, समष्टि नारी शक्ति अध्यक्षे सुष्मा मुखिया, युवा शक्तिबाट अनुप तामाङ, रुपेश देवान, महेश राई अनि अन्य रहेका थिए। उक्त टोलीले घटना स्थलमा गएर पिढित रुपमनि शर्मासित भेटघाट गरेर घटनाको जानकारी लिएका थिए। घटनाक्रम अनुसार हिज राति 8 बजेतिर मन्दिरकाे दियोबाट आगो फैलिएको गएको र माथिल्लो काेठामा रहेको सर-सामानजरु, पैसाहरु, गहना सबै जलेर स्वाह भएको साथै छोरा र छोरीकाे भोटर कार्ड, आधार कार्ड लगायत अन्य कागजपत्रहरु जलेकाे बताइएको छ। आगलागीको घटना निकै दु:ख लागेका पिढामय रहेको रुपमनि शर्माले जानकारी गराएका छन्।

घटना स्थलबाटै टोलीले खण्ड अधिकारी, पञ्चायत अनि खण्ड त्राण विभाग, आपदा प्रबन्धन विभाग अनि रिलिफ विभागलाई जानकारी गराएको साथै पिढित परिवारलाई खरसाङ थानामा पनि लिखित जानकारी गराउने सरसल्लाहसहित आफ्नो पक्षबाट पनि सहयोग गरिदिने शान्तावना दिएको बताइएको छ भनी समष्टिको प्रचार प्रसार सदस्य नगेन्द्र छेत्रीले जानकारी गराएका छन्।