केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले नयाँ आपराधिक कानूनहरूको कार्यान्वयनबारे समीक्षा बैठकको अध्यक्षता गरे

image002CXPR

नयाँ दिल्ली: केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले नयाँ दिल्लीमा नेशनल क्राइम रेकर्ड्स ब्यूरो (एनसीआरबी) का साथ तीन नयाँ आपराधिक कानूनहरूको कार्यान्वयनबारे समीक्षा बैठकको अध्यक्षता गरे। यस बैठकमा देशव्यापी रूपमा सीसीटीएनएस २.०, एनएएफआईएस, जेल, अदालत, अभियोजन र फरेन्सिकका आईसीजेएस २.० सँग एकीकृत गर्ने कार्यको समीक्षा गरियो। बैठकमा केन्द्रीय गृह सचिव, एनसीआरबीका निर्देशक, गृह मन्त्रालय र एनसीआरबी तथा एनआईसीका वरिष्ठ अधिकारीहरूले भाग लिएका थिए। गृहमन्त्री अमित शाहले एनसीआरबी लाई आसीजेएस २.० मा नयाँ आपराधिक कानूनहरूको पूर्ण कार्यान्वयनको लागि सहजीकरण गर्न निर्देशन दिए। उनले भने, ‘प्रत्येक राज्य र केन्द्र शासित प्रदेशमा ईसाक्ष्य, न्याय श्रुति, ईसाइन र ईसमनहरू जस्ता एप्लिकेसनहरूको प्रयोग गरिनु आवश्यक छ।’

प्रविधिको महत्त्वलाई जोड दिँदै उनले भने, ‘पूर्वनिर्धारित समयसीमाअनुसार अनुसन्धान अधिकारीहरू र वरिष्ठ अधिकारीहरूलाई अलर्ट पठाउँदा अनुसन्धान प्रक्रियालाई तीव्र बनाउन सहयोग पुग्नेछ।’ उनले गृह मन्त्रालय र एनसीआरबीका अधिकारीहरूको टोलीलाई राज्य तथा केन्द्र शासित प्रदेशहरूमा प्रविधिसम्बन्धी परियोजनाहरूको कार्यान्वयनलाई थप सुदृढ गर्न र आवश्यक सहयोग उपलब्ध गराउन त्यहाँ भ्रमण गर्नुपर्नेमा जोड दिए। गृहमन्त्री अमित शाहले क्राइम एण्ड क्रिमिनल ट्रयाकिङ नेटवर्क एण्ड सिस्टमहरू (सीसीटीएनएस) र इन्टर-ओपरेबल क्रिमिनल जस्टिस सिस्टम (आईसीजेएस) को प्रगतिलाई नियमित रूपमा अनुगमन गर्ने र परियोजनालाई गति दिनका लागि राज्य र केन्द्र शासित प्रदेशका वरिष्ठ प्रहरी अधिकारीहरूसँग नियमित संवाद गर्न सुझाव दिए। उनले भने, ‘अज्ञात शव तथा व्यक्तिको पहिचानका लागि बायोमेट्रिक प्रविधिको प्रयोग गर्नुपर्छ।‘ साथै, उनले एनसीआरबीलाई अनुसन्धान अधिकारीहरू र आपराधिक न्याय प्रणालीका अन्य सरोकारवालाहरूका लागि डाटा-रिच प्ल्याटफर्म बनाउनुपर्ने निर्देश दिए। गृहमन्त्रीले नयाँ आपराधिक कानूनहरू र नेशनल अटोमेटेड फिङ्गरप्रिन्ट सिस्टम (एनएएफआईएस) को प्रविधिगत कार्यान्वयनमा एनसीआरबी का प्रयासहरूको प्रशंसा गरे। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement