११औं मिलन मोड़ गोल्ड कपः क्वार्टर फाइनल पुग्न सफल सिक्किम पुलिस

IMG-20241224-WA0213

सिलगढ़ी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा सिक्किम पुलिसले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा मंगलवार भएको म्याचमा सिक्किम पुलिसले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल फिप राज सुब्बा ले ४९औं मिनटमा गरे। यूकेएफसी ले पनि गोल गर्ने मौकाहरू पाएको थियो तर खराब फीनिशिंगले गर्दा टीमले हारको सामना गर्नु पऱ्यो। विजेता टीमका कप्तान तथा गोलदाता फिप राजले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। बुधवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र नवांकुर संघबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement