धनगढ़ी: कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई पक्राउ गरिएको छ। उनले धर्म परिवर्तन गराउन गरेको सभाको भिडिओ ब्यापक भाईरल भएको थियो।