सिलगढी: संसदमा भीमराव अम्बेडकरको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाहले गरेको टिप्पणीको विरूद्ध दार्जीलिङ जिल्ला कांग्रेसले विरोध जुलेस निकाल्योl यस जुलुसमा गृहमन्त्री अमित शाहको पुत्ला दहन गरियो। यस अवसरमा कांग्रेस नेताहरूले आरएसएस भाजपा शुरुदेखि नै दलित विरोधी, संविधान विरोधी र अम्बेडकरको विचारधारा रहेको बताए। भाजपाले बाबासाहेबको अपमान गर्ने र उनलाई बेइज्जत गर्ने सबै रेकर्ड तोडेको बताए।

कांग्रेस नेताहरूले भारतमा अनुसूचित जाति, जनजाति, महिला र अल्पसंख्यकहरूका लागि डा बीआर अम्बेडकर भगवान भन्दा ठूलो भएको, र उनीहरूलाई अरू कुनै भगवानको आवश्यकता नरहेको बताए। गृहमन्त्रीको भनाइले सिङ्गो देशका विपन्न समाजको भावनामा चोट पुगेको भन्दै गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न अनि मिडियाको अघि आएर सार्वजनिक रुपमा माफी मात्ग्नु पर्छ भन्ने माग राष्ट्रपतिसँग गरेका छन्।