बर्थडे पार्टी बन्यो जीवनको अन्तिम पार्टी, दुर्घटना हुँदा युवकको मृत्यु

accident-1

सिलगढी: जन्मदिनको पार्टीबाट घर फर्किने क्रममा मोटरसाइकल रूखमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। गए राति नक्सलबारीमा जन्मदिनको पार्टी गरेर दुई युवक पानीटँकीस्थित आफ्नो घर फर्किरहेका थिए। त्यसपछि सिमुलतला राजियासदमा उनको मोटरसाइकल अनियन्त्रित हुँदा रुखमा ठोक्कियो। मोटरसाइकलमा सवार विशाल अधिकारी र राहुल सिंह गम्भीर घाइते भएका छन्। घटनापछि दुवैलाई गम्भीर अवस्थामा नक्सलबारी अस्पताल ल्याउँदा चिकित्सकले मोटरसाइकल चालक विशाल अधिकारीलाई मृत घोषणा गरे। यसैबीच राहुल सिंहलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। शवलाई पोष्टमार्टमका लागि आज उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement