सिलगढी: लागूऔषध तस्करी गर्न खोजेको आरोपमा एसएसबी नम्बर ४१ बटालियनका जवानहरूले एक जना युवकलाई पक्राउ गरेका छन्। सिलगढी महकुमाको नक्सलबारीको रथखोला क्षेत्रमा लागुऔषध तस्करीको सूचना पाएपछि एसएसबी नम्बर ४१ बटालियनका जवान घटनास्थलमा पुगे, र खोजीका क्रममा युवकबाट १८० ग्राम ब्राउन सुगर बरामद गरियो। पक्राउ पर्नेको नाम मोहम्मद इदुल बताइएको छ। उनी नक्सलबारी तोताराम जोतका बासिन्दा बताइएको छ। पक्राउ परेका व्यक्तिलाई पछि नक्सलबारी पुलिसको जिम्मा लगाइयो। पुलिसले युवकलाई सिलगढी महकुमा अदालतमा पेश गर्यो।