‘रेमन्ती संगीत एकाडेमी’का टोलीद्वारा राज्यपालसित भेटघाट   

IMG-20241224-WA0173-1

गान्तोक: ‘रेमन्ती संगीत एकाडेमी’का संस्थापक रेमन्ती राई, शिक्षक र विद्यार्थीहरूले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। सिक्किममा विगत ८ वर्षदेखि संगीतको प्रचारप्रसार गरिरहेकी रेमन्ती राईले आफ्नो संस्थाको बारेमा माननीय राज्यपाललाई जानकारी गराइन्। उनले भनिन्, ‘सन् २०१६ मा स्थापना भएको यो एकाडेमीले सिक्किमका १,७०० भन्दा बढी विद्यार्थीहरूलाई संगीत शिक्षा प्रदान गरेको छ। हाल, एकाडेमीमा १५० भन्दा बढी विद्यार्थीहरू भारतीय र पश्चिमी शास्त्रीय संगीत अध्ययन गरिरहेका छन्। रेमन्ती राईले आफ्नो एकाडेमीले संगीत शिक्षा मात्रै नभई यस क्षेत्रमा करियर बनाउन विद्यार्थीलाई प्रोत्साहन पनि गरिरहेको जानकारी दिइन्। विद्यार्थीहरूलाई उनीहरूको क्षमता र रुचिको आधारमा उच्च शिक्षा र व्यावसायिक अवसरहरूको लागि तयार पारिएको छ। आफ्नो प्रतिक्रियामा राज्यपालले संगीतको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन खोज्ने रेमन्ती राईले संगीत क्षेत्रमा गरिरहेको प्रयासको प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement