एसकेएम सरकारको तेस्रो वर्षगाँठ राज्यस्तरीयरूपमा पालन गरिने

IMG-20220523-WA0169.jpg

गान्तोक। एसकेएम सरकारको तेस्रो वर्षगाँठको तयारीलाई लिएर आज राज्य़का मुख्य सचिव एससी गुप्तको अध्यक्षतामा एक सभा सम्पन्न भयो। आगामी २७ मईको दिन एसकेएम सरकार सञ्चालन भएको तीन वर्षपुरा हुने छ। सभामा राजधानस्थित मनन केन्द्रमा राज्यस्तरीयरूपमा तेस्रो स्थापना दिवस पालन गरिनेबारे छलफल गरियो। यस अवसरमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। यसै क्रममा मुख्य सचिव गुप्ताले विभागका प्रमुखहरूलाई आगामी २१ जूनको दिन पालन गरिने अन्तराष्ट्रीय योगा दिवसबारे पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement