सुनसरीको भोक्राहा नरसिंहमा खुर्सिद आलमको घर बाट चाईनिज पेस्तोल सहित १ जना पक्राउ

IMG-20241224-WA0165

इनरुवा: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार स्थितबाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ। पुस ०८ गते (दिसम्बर २३) राती ९ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नावय उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा घरको भान्छा कोठा भित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको अवैध चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र गोली २ राउण्ड फेला पारी उक्त घरमा रहेका शमसेर आलमलाई नियन्त्रणमा लिएको हो। फरार रहेका खुर्सित आलमको खोजतलास भई रहेको छ भने पेस्तोल सहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनि कारवाही तथा आवश्यक थप अनुसन्धान भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement