महान तबला वादक जाकिर हुसेनलाई संगीतमय श्रद्धाञ्जली

IMG-20241224-WA0124

जलपाईगढी: महान तबला वादक जाकिर हुसेनलाई तबला बजाएर श्रद्धाञ्जली अर्पण गरियो। उस्ताद जाकिर हुसैन सबै समयका उत्कृष्ट तबला वादक मध्ये एक थिए। उनले १५ दिसम्बररमा अन्तिम सास लिए। उनको निधनमा तबला वादक लगायत संगीतप्रेमीहरुले शोक व्यक्त गरेका छन्। उनलाई विभिन्न ठाउँमा धेरैले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। सोमबार साँझ धुपगढी तरुण नाट्य संस्थानमा कलाकारलाई श्रद्धाञ्जली अर्पण गर्न एउटा सानो कार्यक्रमको आयोजना गरियो। साथै उनको जीवनी बारेमा उपस्थितलाई जानकारी गराइयो।  तरुण नाट संस्थानका तबला वादक विप्लव गोपले तबला बजाएर महान कलाकारलाई श्रद्धाञ्जली अर्पण गरे। यसका साथै प्रसिद्ध तबला वादक जाकिर हुसैनको तस्वीरमा पुष्पाञ्जली अर्पण गरियो। यस दिनको स्मृति सभामा धुपगढी तबला वादक, संगीत कलाकार लगायत धुपगढी नागरिक मञ्चका सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement