मिरिकमा अमरूत याेजना अन्तर्गत लगभग ८० कराेड रूपियाँकाे उक्त जल परियोजना शिलान्यास

IMG-20241224-WA0164

मिरिक: अमरूत याेजना अन्तर्गत मिरिक नगरपालिकावासीलाई खाने पानी वितरण गरिने जल परियाेजनाकाे शिलान्यास आज मंगलबार गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापाले गरे। लगभग ८० कराेड रूपियाँकाे उक्त जल परियोजना शिलान्यास कार्यक्रममा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमा शासक तेन्जी सेमकी उगेन, सुपरिटेन्डेन्ट इन्जिनियर सुवासिस राेय, सभासदहरू अरूण सिग्ची, मिलेस राई, परेस तिर्की, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास लगायत विभागीय अधिकारीहरू, विभिन्न बाेर्डका चेयरम्यानहरू,ग्राम पन्चायत प्रधानहरू आदि उपस्थित थिए।बाइबल राईले संचालन गरेकाे कार्यक्रममा मिरिक नगरपालिकाका एक्जुकेटिभ अफिसर अजय मन्नाले स्वागत मनतब्य पाेखेका थिए। मंगलबार शिलान्यास गरिएकाे जल परियोजना राङभाङ खाेलाकाे पानी पम्पिङ गरेर ल्याई मिरिक नगरपालिकाकाे ४२०० घरलाई पानी वितरण गरिने याेजना रहेकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement