मोरङमा एक युवतीको बलात्कार, उद्धारपछि उपचार हुँदै

IMG-20241224-WA0157

विराटनगर: मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बलात्कार गरिएको छ। जहदाकी २२ वर्षीया युवती हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन्। उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनकी बहिनीले बताएकी छिन्।
उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि अलिअलि इशारा गरेकी थिइन्। देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि प्रहरीलाई खबर गरेर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको हो। उनलाई बाँस झ्याङ्गमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको दिदीले बताएकी छिन्।
घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाशको टोलि पुगेको छ। आपराधिक घटनामा संलग्नको खोजतलास सुरु गरिएको प्रहरीले बताएको छ। पीडितले भने अनुसारको घटना भएको हो वा हैन यकिन गरेर संलग्नहरुको खोजतलास सुरु गरिएको छ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले घाईतेलाई कोशी अस्पतालमा पुगेर भेटेका छन्। उनले महिलालाई के कस्तो घटना भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भईसकेको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement