आमा-छोरासँगै दिक्षित हुने तयारीमा

IMG-20241224-WA0154

काठमाण्डू: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ। यही पुस १३ गते(दिसम्बर२८) हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन्।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन्। यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन्। उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दिक्षित हुने तयारी गरिरहेको सुनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement