सिलगढी: आमबारी फालाकाटा-बेलाकोबा सेक्सनमा माल कन्टेनर ट्रेनको इन्जिन लगभग २१:३० बजे एक्सल लक भयो, जसका कारण अगाडि बढ्न सकेन। ज्याक र अन्य आवश्यक उपकरणहरू प्रयोग गरी उठाइयो। रेलको एक्सेल लक भएका कारण रेलको एउटा ट्र्याक अवरुद्ध भयो, तर अर्को लाइनमा रेलको आवागमन जारी रह्यो। यस घटनाका कारण लोहित एक्सप्रेस र वन्दे भारत एक्सप्रेस केही समय ढिलो भएको थियो। अहिले रेल यातायातमा कुनै असर परेको छैन। यो जानकारी दिँदै, पूर्वोत्तर सीमा रेलवे सीपीआरओ कपिन्जल किशोर शर्माले भनेअनुसार अहिले रेलहरूको आवागमन सामान्य छ।