भाजपा दार्जिलिङ जिल्ला समितिको सभा

दार्जिलिङ: भाजपा दार्जिलिङ जिल्ला समितिको एउटा जरुरी सभा पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता दार्जिलिङ मण्डल अध्यक्ष सुमन प्रधानले गरेका थिए। सभामा विशेष गरेर हालै दिल्ली गएका दार्जिलिङ जिल्लाका प्रतिनिधि टोलीका सदस्यहरूले दिल्ली कार्यक्रम बारे उपस्थित सबैलाई जानकारी गराए। यस वाहेक, पार्टीको साङ्गठनिक बिषयमा पनि चर्चा परिचर्चा गर्नको साथै भावी कार्यक्रम बारेमा पनि चर्चा गरियो। आजको सभामा दार्जिलिङ जिल्ला (पहाड) पार्टी उपाध्यक्ष एलएम लामा, जिल्ला महासचिव सुजेन्द्र राई, सचिव पीसी थापा, जिल्ला सदस्य रोशन गुरुङ, अमर शर्मा, अशिस वाङ्देल, युवा मोर्चा राज्य कमिटी सदस्य सञ्जीव लामा, युवा मोर्चा जिल्ला अध्यक्ष निरज राई, उपाध्यक्ष सन्दीप लखोटीया, दार्जिलिङ क्षेत्रका मण्डल अध्यक्ष लगायत पार्टीका अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement