सिक्किमकी गनिता भोटियाले जितिन स्वर्ण पदक

photocollage_20241223231625302

गान्तोक: सिक्किमकी गनिता भोटियाले अखिल भारतीय महिला एवं पुरुष पावरलिफ्टिङ बेन्चप्रेस एवं डेडलिफ्ट च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी छन्। २२ दिसम्बरका दिन सिलगढी, पश्चिम बंगालमा आयोजना गरिएको उक्त प्रतियोगितामा गनिता भोटियाले सो स्वर्ण पदक आफ्नो पोल्थिटामा पार्न सफल भइन्।
श्रीमती भोटिया सिक्किम सरकारको सिलगढीस्थित एसएनटीमा कार्यालय सहायकको रूपमा कार्यरत छिन्। कलुक निवासी भोटियाले आफ्नो कडा परिश्रम र समर्पणको बलमा राज्यको शान उच्च राखेकी छन्। उनले धेरै खेलाडीहरूलाई प्रेरित पनि गरेकी छन्। उनले सिक्किमको प्रतिनिधित्व गर्दै पश्चिम बंगाल, मणिपुर, मेघालय, छत्तीसगढ, महाराष्ट्र आदि राज्यहरूमा आयोजित प्रतियोगिताहरूमा भाग लिइसकेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement