रम्फूमा प्रि-क्रिसमस उत्सव भव्य रूपमा पालन

IMG-20241223-WA0265

गान्तोक: पाकिम जिल्ला अन्तर्गत रम्फू खेल मैदानमा आज राज्यस्तरीय प्रि-क्रिसमस पर्व भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिकोरूपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। राज्यका विभिन्न चर्चहरूको पहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले गत वर्षको 4 अक्टोबरको दिन आएको विनाशकारी बाढले सिक्किमलाई धेरै क्षति पुऱ्याएको र त्यसमा सहयोग पुऱ्याउनको निम्ति विभिन्न संगठनले धेरै सहयोग पुऱ्याएको अवगत गराए। आजको कार्यक्रमको थिम सिक्किम खुशी रहेको बताए। उनले थप जानकारी गराए अनुसार गत २१ दिसम्बरको दिन रोलु दिवसमा उपस्थित हुन नसकेकोमा दुःख प्रकट गरे। विशेष गरेर सोही दिन ७२औ प्लिमेन्ट्रीको सभा अगरतलामा आयोजना भएकोले त्यहाँ उपस्थित हुनु पर्ने वाध्यता भएकोले सो कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराए। सिक्किमे जनतालाई आफ्नो आशिर्वाद नभएर जनताको आशिर्वादको खाँचो आफूलाई रहेको बताए। प्रभु इशु मसि अहिलेसम्म नमरेको कारण उनको जन्म दिनलाई जन्म जयन्तीको रूपमा पालन नगरिएक अवगत गराए। केक केवल जिवित व्यक्तिहरूकोरूपमा मात्र काट्ने भएकोले प्रभु इशु मसिहको जन्मदिनमा केक काट्ने गरेको बताए। प्रभु इसु मसिले देखाएको बाटोमा हामी सबै हिँडनु पर्ने मुख्यमन्त्री तामाङले आग्रह गरे। हामी सबै महान व्यक्तित्वहरूले देखाएको मार्गमा हिँडनु पर्ने सुझाउ दिए। वर्तमान परिपेक्ष्यमा सबै समुदाय,धर्मले स्वतन्त्रतारूपमा पालन गर्ने सरकारले अवसर सृजना गरेको मुख्यमन्त्री तामाङले अवगत गराए।उनले थप जानकारी गराए अनुसार स्वर्ग जानको निम्ति मानिसहरूले राम्रो कर्म गर्नुपर्छ।मानिसले बाचुञ्जेलसम्म मानव सेवा गर्नुपर्ने जानकारी गराए।वर्तमान सरकार इसाही समुदायको पक्षमा रहेको कारण कसैले पनि चिन्ता नगर्ने आग्रह गरे। यसै क्रममा आगामी २५ दिसम्बरमा पर्ने क्रिसमस पर्व साथै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।

यस अवसरमा मुख्य स्रोतवक्ताकोरूपमा राजस्थानबाट पास्टर विलियम मसी रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज यस खेल मैदानमा देखिएको डेकोरेसन, मण्डप आदि प्रमु इसु मसीहको जीवनसँग कुनै सरोकार नरहेको बताए। पवित्रा बाइवल लगायत सबै धर्मको उददेश्य सुख प्राप्ति रहेको बताए। प्रभू इशु मसीले केवल शान्तिको निम्ति प्रचार गरेको किटान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement