प्लास्टिक मुक्त सहर बनाउने अपील

सिलगढी: गणेश पुजाको माध्यमद्वारा जलपाईमोड़ गणेश पुजा कमिटीले प्लास्टिक मुक्त सहर बनाउने अपील गरेको छ। सिलगढी नगरनिगमको डेपुटी मेयर रञ्जन सरकारले यस पुजा मण्डपको उद्घाटन गरे। गणेश पुजा आयोजकको तर्फबाट आज आवश्यकमन्द मानिसहरूलाई नयाँ वस्त्र वितरण गरियो। पुजा कमिटीका सचिव टुकाई पासवानले भने, कमिटीको तर्फबाट पुजा अवधि विविध सेवा मूलक कार्यहरू गरिनेछ। तिनले सहरका मानिसहरूलाई सहरलाई प्लास्टिक मुक्त बनाउने अपील पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement