गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङमा सेनाका मेजर जनरल अमित कब्तियाल र मेजर जनरल एमएस राठोरसँग बैठक गरि विभिन्न विषयमाथि जानकारी लिए। मेजर जनरल राठोरलाई रक्षा मन्त्रालयले १७ माउन्टेन डिभिजनको नयाँ जनरल अफिसर कमान्डिङको रूपमा नियुक्त गरेको थियो। मुख्यमन्त्रीले निवर्तमान जीओसी मेजर जनरल कब्तियाललाई उनको कार्यकालभरि गरेका अनुकरणीय सेवा र उत्कृष्ट नेतृत्वको लागि आभार व्यक्त गरे। मुख्यमन्त्रीले उनको सेवाको क्रममा सिक्किमले सौहार्दपूर्ण सम्बन्ध बाँड़ेको भन्दै उनको योगदानलाई सधैं सम्झिने उल्लेख गरे। यस क्रममा मुख्यमन्त्रीले मेजर जनरल राठोरलाई उनको नयाँ भूमिकामा ठूलो सफलताको कामना पनि गरे। मुख्यमन्त्रीले मेजर जनरल राठोरलाई सफल र प्रभावकारी कार्यकालको लागि शुभकामना व्यक्त गर्दे उनीबाट अझ उल्लेखनीय सेवा कार्य हुने बताए।