नयाँ दिल्ली: हरेक वर्ष राज्य/केन्द्र शासित प्रदेश र केन्द्र सरकारका मन्त्रालय/विभागहरूले गणतन्त्र दिवस समारोह (आरडीसी)को हिस्सा रूपमा कर्तव्य पथमा आफ्ना झाँकीहरू प्रदर्शन गर्छन्। गणतन्त्र दिवस समारोह-२०२५ का लागि झाँकीको विषय “स्वर्णिम भारत: विरासत र विकास” राखिएको छ। यस वर्षको सुरुदेखि नै रक्षामन्त्रालयले झाँकीसँग सम्बन्धित विभिन्न गतिविधिहरूमा निर्णय लिन परामर्श प्रक्रिया अपनाएको छ। झाँकीको गुणस्तर सुधारबारे छलफल गर्न २०२४ को अप्रेलमा वरिष्ठ अधिकारीहरूको स्तरमा एउटा बैठक आयोजना गरिएको थियो। यस प्रक्रियामा विभिन्न सुझावहरूलाई समावेश गरिएको छ। झाँकीका लागि विषयवस्तु पनि राज्यहरू/केन्द्र शासित प्रदेशहरूसँग प्राप्त सुझावहरूको आधारमा तय गरिएको हो। गणतन्त्र दिवस परेडमा भाग लिन झाँकीहरूको चयनका लागि एक स्थिर प्रणाली अवलम्बन गरिएको छ। रक्षामन्त्रालयले सबै राज्य/केन्द्र शासित प्रदेश र केन्द्रीय मन्त्रालय/विभागहरूसँग झाँकीहरूको लागि प्रस्ताव माग गर्दछ। विभिन्न राज्य/केंद्रशासित प्रदेश तथा केन्द्रीय मन्त्रालय/विभागहरूसँग प्राप्त झाँकी प्रस्तावहरूको मूल्यांकन एक विज्ञ समिति मार्फत गरिन्छ। यस समितिमा कला, संस्कृति, चित्रकला, मूर्तिकला, संगीत, वास्तुकला, नृत्यकला आदि क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुन्छन्।
गणतन्त्र दिवस परेडको प्रमुख तत्वमध्ये एउटा झाँकी हो। परेडको कुल अवधिमा झाँकीका लागि छुट्याइएको समयलाई ध्यानमा राख्दै विज्ञ समितिले झाँकीहरूको चयन गर्दछ। झाँकीका विचारहरूको मूल्यांकन गर्दा वैचारिक मौलिकता र नवीनता, स्पष्ट तथा सन्देशमूलक रचनात्मकता, सूक्ष्मता र प्रत्यक्षताको संयोजन, झाँकीमा विरासत र विकासको सन्तुलन, दोहोरिएका विचारहरूको बहिष्कार, रंग, रूप, बनावट, लय, अनुपात तथा सन्तुलनजस्ता पक्षहरूलाई विशेष प्राथमिकता दिइन्छ। साथै, भव्य संरचना तथा सौन्दर्यपूर्ण अनुभवलाई सुनिश्चित गरिन्छ। गणतन्त्र दिवस परेड-२०२५ का लागि कर्तव्य पथमा झाँकी प्रदर्शन गर्न चयन गरिएका १५ राज्य/केन्द्र शासित प्रदेशहरूमा आन्ध्र प्रदेश, बिहार, चण्डीगढ, दादरा नगर हवेली र दमन तथा दीव, गोवा, गुजरात, हरियाणा, झारखण्ड, कर्नाटक, मध्य प्रदेश, पञ्जाब, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल सामेल छन्।
यसका अतिरिक्त, केन्द्र सरकारका ११ मन्त्रालय/विभागहरूलाई पनि गणतन्त्र दिवस परेड-२०२५ का लागि चयन गरिएको छ। सबै राज्य/केन्द्र शासित प्रदेशहरूलाई, उनीहरूको कर्तव्य पथका लागि चयन जेसुकै होस्, लालकिल्लामा आयोजना हुने भारत पर्व (२६-३१ जनवरी २०२५) का क्रममा आफ्ना झाँकीहरू प्रदर्शन गर्न आमन्त्रित गरिन्छ। सम्पूर्ण चयन प्रक्रिया सशक्त, निष्पक्ष, पारदर्शी, योग्यता आधारित र कुनै पनि पूर्वाग्रहबाट मुक्त छ। चयन गरिएका झाँकीहरूले भारतको विविध सामर्थ्य र निरन्तर विकासोन्मुख सांस्कृतिक समावेशितालाई प्रदर्शित गर्नेछन्। यसले गौरवशाली भविष्यतर्फ उन्मुख हुँदै विश्वका दर्शकहरू सामु “स्वर्णिम भारत – विरासत र विकास”को अद्वितीय झलक प्रस्तुत गर्नेछ। -पीआईबी