सिलगढी: इँटाको गाडीका चालकबाट पैसा चोरेको आरोपमा बिहान मार्निंग वक गर्ने दुई युवालाई पक्राउ गरिएको छ। पुलिस स्रोतका अनुसार, सोमबार बिहान देशबन्धु मोहल्लाबाट इँटाको गाडी गइरहेको बेला विश्वजित दत्त र किशोर बर्मनले इँटाको गाडीमा ढुङ्गा हानेको आरोप छ। गाडीको ऐना फुटेको छ। गाडी रोकिनेबित्तिकै दुवैले चालकमाथि आक्रमण गरेको आरोप छ। उनीहरुले चालकको मोबाइल फोन र पैसा लुट्ने प्रयास गरेको पनि आरोप छ। गाडी चालकले आवाज चिच्याउन थाले। चालक चिच्याएपछि बिहान यात्रुहरूले दौडेर दुई वैलाई पक्रे। पुलिसले दुवैलाई पक्राउ गरी सिलगढी अदालतमा पेश गरेको छ।