सिलगढी महकुमा शाखाको सरकारी कोर्ट कर्मचारीहरूद्वारा आन्दोलन

सिलगढी: आज सिलगढी महकुमा अदालतमा बकाया डीए दिने मागमा कोर्ट कर्मचारी पश्चिम बंगाल सिलगढी महकुमा शाखाको सरकारी कोर्ट कर्मचारीहरूले आन्दोलन शुरू गरेको छ। आन्दोलनकारीहरूले कोर्टको काममा कुनै बाधा नगरी शान्तिपूर्ण रूपमा आन्दोलन गरे। कोर्ट कर्मचारी संगठनका सदस्यहरूले बताएअनुसार राज्य सरकारले तिनीहरूको ३१ प्रतिशत डीए दिएको छैन। हाई कोर्टले पनि कोर्ट कर्मचारीहरूको बकाया डीए राज्य सरकारलाई तीन महीनाको अवधिमा दिइने निर्देश दिएको थियो।
तीन महिनाको मिति १५ अगस्तमा पुरा भइसके तापनि राज्य सरकार आफूहरूको बकाया डीए दिनेबारे हालसम्म कुनै पहल गरेको छैन। यसैले आज कोर्टका कर्मचारीहरूले संगठनको ब्यानरमा शान्तिपूर्ण ढङ्गले आन्दोलन शुरू गरेको छ। आन्दोलनकारीहरूले चाँडोभन्दा चाँडो डीए दिने माग गरेका छन्। यदि चाँडै डीए नपाएको खण्डमा वृहद आन्दोलन गर्न बाध्य हुने तिनीहरूले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement