बुझ्न सकिएको छैन करोडौं वर्ष पुरानो बोटबिरुवालाई

0818_old-flower-1000x733 (1)

सामान्यतया नयाँ खोजले पुरानो अनुसन्धानको जानकारीलाई अझै राम्रो बनाउने काम गर्छ। तर कहिलेकाहीँ उल्टो पनि हुनसक्छ। सन् १९६९ मा वैज्ञानिकहरूले अमेरिका, युटाह क्षेत्रमा पुरानो पातको जीवाश्मफेला पारेका थिए। यस बोटलाई वैज्ञानिकहरूले ओथनियोफाइटन एलोङ्ग्याटम नाम दिएका थिए, जसलाई “एलियन बोट” पनि भनिएको थियो। पहिला वैज्ञानिकहरूले यो गिनसेंग परिवारको बोटको पात हुनसक्ने अनुमान गरेका थिए। तर नयाँ अनुसन्धानले यो बोट अझ अचम्म र रहस्यमयी भएको प्रमाणित गरेको छ। वैज्ञानिकहरूको भनाइमा, यो प्रजाति पूरै अनौठो छ र यो खोजले वनस्पति विज्ञान र बोटबिरुवाको इतिहासमा ठूलो परिवर्तन ल्याउन सक्नेछ। अमेरिकाको फ्लोरिडा म्युजियम अफ नेचुरल हिस्ट्रीमा पुरातन वनस्पति विज्ञानका क्यूरेटर स्टीवन म्यानचेस्टरले युटाहमा फेला परेका ४.७ करोड वर्ष पुरानो जीवाश्ममाथि वर्षौं लगाएर अध्ययन गरेका छन्। जब उनी क्यालिफोर्निया विश्वविद्यालय, बर्कली गए, त्यहाँ उनलाई त्यही प्रजातिको अर्को जीवाश्म फेला पर्योउ। यसमा एउटा फल, पात, र फूल सबै एउटै हाँगामा जोडिएको देखियो। अहिलेको कुनै पनि बोटमा यसरी फल र पात एउटै स्थानमा देखिँदैन।
यो पनि पत्ता लाग्यो कि यी पातको बोटको कुनै पनि नातेदार हालका ४०० भन्दा बढी बोटका परिवारहरूमा भेटिएन। अझ अचम्मको कुरा, यस प्रजातिसँग मिल्ने कुनै पनि पुरानो लोप भइसकेको प्रजाति समेत फेला परेन। यसले वनस्पति विज्ञानमा ठूलो परिवर्तनको संकेत गर्छ। सन् १९६९ मा वैज्ञानिकहरूले यो जीवाश्म पूर्वी युटाहको रेनबो नगर नजिकै ग्रीन रिभर फर्मेसनबाट पाएका थिए। तर यो पातहरूको मात्र अध्ययन गर्न सकिएको थियो। तर नयाँ जीवाश्मले भने यो पहेलीलाई अझ गहिरो बनाएको छ। यो जीवाश्मले देखाउँछ कि पात, फल, र फूल एउटै टहनीबाट जोडिएका थिए। यसले यो पूर्ण रूपमा अलग प्रजातिको बोट भएको पुष्टि गर्छ। वैज्ञानिकहरूको अनुसार, यो खोजले जीवनको इतिहास र बोटबिरुवाको विकासबारे महत्त्वपूर्ण जानकारी दिन सक्छ। यो पनि पत्ता लगाउन मद्दत पुर्याजउनेछ कि समयक्रममा बोटबिरुवाहरूको विविधता कसरी हराउँदै गयो। जस्तै, विषालु आइभी, काजु, र आँपजस्ता बोटहरू एकै परिवारका हुन्, जसमा ८०० प्रजातिहरू छन्। तर ओथनियोफाइटन एलोङ्ग्याटम बाट त्यस्ता प्राचीन विविधता पत्ता लगाउन सकिन्छ, जुन समयसँगै लोप भयो। एनल्स अफ बोटनीमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले भनेका छन् कि यस प्रकारको खोजले बोटबिरुवाको विविधता र पुरानो इकोसिस्टम कसरी काम गर्थ्यो भन्ने बुझ्न मद्दत पुर्यासउँछ। यसले देखाउँछ कि अझै धेरै कुरा पत्ता लगाउन बाँकी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement