दिशान्त प्रधानद्वारा निर्देशित सर्ट फिल्म ‘दन्ते कथा’ सर्वश्रेष्ठ सर्ट फिल्मको‌रुपमा‌ चयन

IMG-20241223-WA0244

खरसाङ: दार्जिलिङमा सम्पन्न भएको मेलो टी फेस्ट’ मा सर्ट फिल्म प्रदर्शनी प्रतियोगिता पनि सम्पन्न भएको थियो।‌ उक्त सर्ट फिल्म प्रतियोगितामा खरसाङको घैयाबारी निवासी दिनेश प्रधानको सुपुत्र दिशान्त प्रधानद्वारा निर्देशित सर्ट फिल्म ‘दन्ते कथा’ सर्वश्रेष्ठ सर्ट फिल्मको‌ रुपमा‌ चयन भएको जानकारी प्राप्त भएको छ। उक्त सर्ट फिल्म प्रतियोगितामा ६० भन्दा अधिक सर्ट फिल्महरु प्रदर्शन गरिएको थियो।‌ यसमा दिशान्त प्रधानद्वारा निर्देशित सर्ट फिल्म ‘दन्ते कथा’ सर्वश्रेष्ठ सर्ट फिल्मको‌ रुपमा चयन गरिएको बताइएको छ।‌ २०२२ सालमा युवा निर्देशक दिशान्त प्रधानद्वारा निर्देशित उक्त सर्ट फिल्म बनझ्याँक्री र ल्याम ल्यामेको कथामा आधारित रहेको जनाइएको छ। दिशान्त प्रधान हालमा पूणेमा कार्यरत् रहेको कारणले यसै फिल्मको कलाकार काव्य प्रधानले दार्जिलिङ जिल्ला पुलिस अधिक्षक प्रवीण प्रकाशको बाहुलीबाट पुरस्कार ग्रहण गरेको दिशान्त प्रधानको पिता दिनेश प्रधानले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement